प्रशासनिक संरचनाको वास्तविक अवस्था

प्रशासनिक संरचनाको वास्तविक अवस्था

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • images

    काठमाडौं। नेपाल सरकारको प्रशासनिक संयन्त्र सचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीले सञ्चालन गर्दै आएका छन्। नीति निर्माणदेखि सेवा प्रवाहसम्म यी कर्मचारीको भूमिका महत्वपूर्ण भए पनि कुन तहमा कति कर्मचारी कार्यरत छन्, कति दरबन्दी रिक्त छन् र कहाँ कर्मचारीको अभाव छ भन्ने विषय सार्वजनिक बहसमा कमै आउने गरेको छ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघीय निजामती सेवाको दरबन्दी व्यवस्थापन, कर्मचारी सरुवा, पदस्थापन तथा अभिलेख व्यवस्थापन मन्त्रालयले गर्दै आएको छ। मन्त्रालयसँग सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतको स्वीकृत दरबन्दी, कार्यरत कर्मचारी र रिक्त पदको अद्यावधिक विवरण रहने गर्दछ।
    हाल नेपाल सरकारमा ७२ जना, सह सचिव ७०४, उपसचिव ३ हजार २६६ र शाखा अधिकृत ९१४९ जना दरबन्दी रहेको राष्ट्रिय किताबखाना (निजामती) कार्यालयका निर्देशक सुदन ख्खाखली श्रेष्ठले ट्याक्स खबरलाई जानकारी दिए । 

    माथिल्लो तहमा निर्णय गर्ने अधिकारी पर्याप्त भए पनि केही मन्त्रालय र कार्यालयमा मध्यम तहका कर्मचारी अभाव हुँदा सेवा प्रवाह प्रभावित हुने गरेको छ। विशेषगरी उपसचिव र शाखा अधिकृत तहमा लामो समयसम्म पद रिक्त हुँदा नागरिक सेवामा ढिलाइ हुने गरेको छ।

    लोक सेवा आयोगमार्फत नियमित रूपमा कर्मचारी भर्ना भइरहे पनि अवकाश, बढुवा, समायोजन तथा नयाँ संरचनाका कारण विभिन्न तहमा रिक्तता रहने गरेको सरकारी अधिकारीहरूको भनाई छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend