श्रावण लागेसँगै नेप्सेमा क्रमश सुधार:आज पनि वृद्धि

श्रावण लागेसँगै नेप्सेमा क्रमश सुधार:आज पनि वृद्धि

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • images

    काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ शुरु भएसँगै उकालो लागेको बजार परिसुचक लगातार उकालेतर्फ दखिएको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गर्भनरसँगको छलफल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयरमा देखिने त्राहिमामबाट बच्न सबैलाई अनुरोध गरेसँगै बजारमा हरियाली छाइरहेको छ ।

    कारोबार हुने यो साताको पहिलो दिन आज सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.५५ प्रतिशत बढी हो । 

    आज कूल ३४३ कम्पनीको ६६ हजार ९९ कारोबारबाट ५ अर्ब ५० करोड ३५ लाख १० हजार १८० रुपैयाँ बराबरका १ करोड २२ लाख ३१ हजार ५६६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

    प्रधानमन्त्री र गर्भनरको भेटसँगै अर्थमन्त्रीको अनुरोधले शेयरमा- हरियाली

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend