नेपालको पहिलो सुरुङ मार्ग सम्पन्न: भोलीदेखि खुला

नेपालको पहिलो सुरुङ मार्ग सम्पन्न: भोलीदेखि खुला

आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • images

    काठमाडौं । काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा अवस्थित लामो समयदेखि प्रतिक्षित नागढुङ्गा सुरुङ निर्माण सम्पन्न भएको छ ।

    भौतिक प्रगति ९९.९९ प्रतिशत पूरा भएकाले यो भोलीदेखि औपचारीक रुपमा सञ्चालमा आउने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
    परियोजना औपचारिक रूपमा सञ्चालन भोली हस्तान्तरण भएर सञ्चालन भएपनि बाँकी रहेका सानातिना कामले सुरुङमार्गमा कुनै असहजता नहुन र सडक खुलेपनि रातदिन काम गरि केहि दिनमै पूर्णता हुने परियोजनाको भनाई छ । 
    नागढुङ्गा सुरुङ पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिकोले नेपालस्थित जापानी राजदूत माएदा तोरुसँगै सुरुङमार्ग उद्घाटन गर्ने भएका हुन्। 

    OIP.jpeg

    जाइकाको सहयोगमा जापानिज वि.सं.२०७६ कात्तिक २८ गते जापानिज कम्पनी हाज्मा अन्डो कर्पोरेसनले यसको ठेक्का लिएर २०८० वैशाख ३० गतेसम्म निर्माण सक्नुपर्ने म्याद लिएको थियो । तर कोभिड–१९ महामारी र स्थानीयको अवरोधका कारण पछिल्लो पटक २०८२ कात्तिक ८ गतेसम्म म्याद थपियो । 

    त्यतिखेरपनि पूरा नभएपछि फेरी म्याद थपेर काम पूर्ण गर्ने सहमति भएको हो । त्रिभुवन राजपथको सिस्ने खोला धादिङ–किसिपिडी काठमाडौं (नागढुंगा सुरुङमार्ग)को लम्बाइ २.६८८ किलोमिटर छ ।

    सुरुङमार्गभित्र सवारी गुड्नका लागि ३.५ मिटर चौडाइका २ लेनका सडक छ । त्यसको बीचमा १.५ मिटरको मेडियन र दुवैतर्फ ढलका लागि ०.५ मिटरको नालीको व्यवस्था रहेको ठेक्का लिने कम्पनी हाज्माले जनाएको छ । 

    सुरुङमार्ग प्रवेशका लागि पूर्वमा काठमाडौंतर्फ २.३०७ किलोमिटर र पश्चिममा धादिङतर्फ ०.५६५ किलोमिटरका सडक रहेको छ । उक्त सडक निर्माणमा २९ अर्ब रुपैयाँको लागत रहेको छ ।

    nag.png

    जसमध्ये १६ अर्ब रुपैयाँ जाइकाले उपलब्ध गराएको हो भने थप ५.७ अर्ब सहुलियत ऋण दिएको हो । अन्य रकम ७.३ अर्ब रुपैयाँ नेपाल सरकारको पूँजी हो ।

    जाइकाले यस प्रत्येक वर्ष विभिन्न क्षेत्रमा नेपाललाई बिना ऋण सहयोग गर्दै आएको छ । यस वर्ष पनि सडक, स्वास्थ्य, कृषि, विपत् पुननिर्माण, शिक्षा लगायतका क्षेत्रमा सहयोग गरेको छ । 

    गत वर्ष कोटेश्वर चोक सुधार परियोजनामा ३४ अर्ब रुपैयाँ बराबरको सहयोग प्रस्ताव गरेको हो । जस अनुसार कोटेश्वरमा पनि सुरुङमार्गको अध्ययन अघि बढेको छ । यसैगरी जापानिज कम्पनी जाइकाले धुलिखेल अस्पतलाका लागि दुई वर्ष अघि ४ अर्ब रुपैयाँ अनुदान सहयोग गरेको हो । 

    जाइकाको सहयोगमा जापानिज कम्पनीले बनाएको यो सुरुङ मार्ग भोलीदेखि सञ्चालनमा आउँदा सर्वसाधारणमा छिटो यात्रा तय हुने भएकाले खुसीयाली छाउनुका साथै सरकारलाई राजश्वा समेत उठ्ने छ । यो मार्ग प्रयोग गर्ने सवारी साधानहरुले सरकारलाई कर तिर्नुपर्ने छ ।

    Nagdhunga-Tunnel_.jpg

    अनुमानित ८,८०० दैनिक सवारी साधनमध्ये ६० प्रतिशतले सुरुङ प्रयोग गर्ने अनुमान गरिएको छ, यस परियोजनाबाट वार्षिक करिब ३.५ अर्ब रुपैयाँ राजस्व उत्पन्न हुने अपेक्षा गरिएको छ ।
    सुरुङमार्ग निर्माणमा जग्गा अधिग्रहणको लागि मात्र ६ अर्ब रुपैयाँ समावेश छ । जसमा वित्तीय प्रगति मार्ग निर्माणमा देखिएको छ । 

    सुरुङ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको र यसमा विद्युत आपूर्ति, स्मार्ट प्रकाश, सीसीटीभी निगरानी, रिमोट निगरानी र नियन्त्रण, स्वचालित भेन्टिलेसन र आधुनिक अग्नि नियन्त्रक प्रणाली जस्ता उन्नत प्रणालीहरू समावेश छन् । आपतकालीन सन्देश बोर्ड, ट्राफिक सिग्नल र केन्द्रीय नियन्त्रण कक्ष पनि जडान गरिएको र सुरुङमा दुई छुट्टाछुट्टै ट्यूबहरू पनि छन् ।

    Tax khabar new (2).png

    सुरुङ सञ्चालनमा आएसँगै १५० कर्मचारी २४ घण्टा सञ्चालनको लागि खटिनेछन् । 

    कर्मचारीहरूलाई ट्राफिक अनुगमन, मर्मतसम्भार, सुरक्षा र उद्धार, सिभिल कार्यहरू, र टोल सङ्कलन समेट्ने पाँच एकाइहरूमा विभाजित गरिनेछ। दुर्घटना र आगलागीका घटनाहरू जस्ता आपतकालीन अवस्थाहरू सम्हाल्ने छुट्टै ६४ सदस्यीय सुरक्षा टोलीले बताएको छ ।

    भोलीदेखि सुरुङ खुल्दा सिस्नेखोला र बलम्बु बीचको यात्रा समय लगभग सात मिनेटमा घट्नेछ, जुन हालको नागढुङ्गा–बलम्बु मार्गमा लामो ट्राफिक जामको तुलनामा हो ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend