आज उद्घाटन हुँदै गरेको नागढुङ्गा सुरुङमार्गमा स्थानीयको विरोध

आज उद्घाटन हुँदै गरेको नागढुङ्गा सुरुङमार्गमा स्थानीयको विरोध

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • images

    काठमाडौं । मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ। 

    पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष लगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गर्न लागिएको हो। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ।

    सुरुङमार्गको उद्घाटन भइरहँदा चन्द्रागिरि नगरपालिकामा भने स्थानीयले विभिन्न माग राखेर विरोध प्रदर्शन गरेका छन्। नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिले आफ्ना समस्याहरू सम्बोधन हुनुपर्ने भन्दै दबाब दिएको हो।

    नेपालको पहिलो सुरुङ मार्ग सम्पन्न

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend