विकटताबीच गौमूल पालिकाको प्रगति पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार

विकटताबीच गौमूल पालिकाको प्रगति पूर्वाधार र सेवा विस्तारमा उल्लेखनीय सुधार

सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • images

    काठमाडौं । बाजुरा जिल्लाको मानव विकास सूचकांकमा ७७ औँ स्थानमा रहेको गौमूल गाउँपालिकाले भौगोलिक विकटता, न्यून जनसंख्या र बजेट अभावका बीच पनि पूर्वाधार, सामाजिक विकास र सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

     बाजुरा, गौमूल गाउँपालिका, गौमूल गाउँपालिका–४ का वडाध्यक्ष अमर विकसँग - कुराकानी


    स्थानियस्तरको काम कस्तो भइरहेको छ ?
    संघीय संरचनापछि स्थानीय सरकारले जनताका साना समस्या आफैं समाधान गर्न सक्ने अवस्था बनेको र ठूला योजनाहरू प्रदेश तथा संघीय सरकारमार्फत कार्यान्वयन भइरहेको बताए ।

    बाजुराजस्तो दुर्गम जिल्लाले अन्य जिल्लाको तुलनामा बढी बजेट पाउनुपर्ने आवश्यकता रहेपनि भौगोलिक विकटता र कम जनसंख्याका कारण संघीय तथा प्रदेश सरकारबाट अपेक्षाअनुसार बजेट विनियोजन हुन सकेको छैन । दुर्गम क्षेत्रको वास्तविक आवश्यकता र लागतलाई आधार बनाएर बजेट वितरण हुनुपर्नेमा जोड दिनुपर्छ । 

    bika.jpg


    विकासको लक्ष्य के छ ?
    गाउँपालिकामा वडा नम्बर १ बाहेक अन्य पाँचवटै वडासम्म कच्ची सडक पुगेको जानकारी दिँदै चालु आर्थिक वर्षभित्र वडा नम्बर १ सम्म पनि सडक विस्तार गर्ने लक्ष्य रहेको छ  ।

     ‘खानेपानीका ९० प्रतिशतभन्दा बढी आयोजना सम्पन्न भइसकेको, सबै बस्तीमा विद्युत् पुगेको र कम क्षमताका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसकेको दसियाको अस्पताललाई यसै वर्ष राष्ट्रिय लाइनसँग जोड्ने गरी ठेक्का प्रक्रिया पूरा भएर पोल गाड्ने काम भइरहेको छ ।’

    गाउँपालिकामा दूरसञ्चार सेवा विस्तारका लागि टेलिफोन टावर निर्माण भइरहेका छन् र अधिकांश क्षेत्रमा फोन सेवा सहज बन्दै गएको छ । उनले विद्यालय र स्वास्थ्य संस्थाका आधारभूत भवन निर्माण सम्पन्न भइसकेको छ । यद्यपि, ठूला खोला तथा नदीमा मोटरेबल पुल निर्माण हुन नसक्दा वर्षभर सहज यातायात सञ्चालन गर्न अझै चुनौती रहेको छ ।

    प्रदेश र संघीय सरकारबाट विभिन्न विकास आयोजना सञ्चालन भइरहे पनि प्रदेश सरकारले गाउँपालिकाको प्राथमिकताभन्दा बाहिरका योजना बढी पठाउने गरेको छ ।  ‘जनताले प्रत्यक्ष लाभ पाउने र गाउँपालिकाले प्राथमिकता दिएका योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न आवश्यक छ ।’

    कार्यमा कुनै विवद त छैन ?

    विकले गाउँपालिकामा न्यायिक तथा प्रशासनिक काम पारदर्शी र विवादरहित ढंगले सञ्चालन भइरहेको छ । विपद् व्यवस्थापनका लागि गाउँपालिका र सबै वडामा समिति गठन गरिएको, पूर्वतयारी, तालिम, उपकरण व्यवस्थापन तथा टोलस्तरसम्म सम्पर्क व्यक्ति तोकेर आवश्यक समन्वयको व्यवस्था गरिएको छ ।

    तर नियमित लेखापालको अभाव र प्रमुख प्रशासकीय अधिकृत दुर्गम क्षेत्रमा आउन नचाहने प्रवृत्तिका कारण आर्थिक प्रशासन र विकास निर्माणका काममा केही ढिलाइ हुने गरेको  छ । 

    पालिकामा महिला सशक्तीकरण, घरेलु हिंसा न्यूनीकरण, मदिरा व्यवस्थापन तथा बालबालिका लक्षित कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सामाजिक क्षेत्रमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ । ‘छाउपडी गोठ भत्काउने अभियान प्रभावकारी बनेको छ, जातीय विभेदमा कमी आएको छ र नयाँ पुस्तामा सकारात्मक सोचको विकास भइरहेको छ ।’

    फन पार्क र अस्पताल नी ?

    गाउँपालिकाको प्रशासकीय भवन र वडा नम्बर ४ मा निर्माणाधीन फन पार्क अन्तिम चरणमा पुगेको छ । अस्पताल भवन निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा छ । आगामी प्राथमिकता सबै वडा कार्यालयसम्म मोटरेबल सडक विस्तार, वर्षैभरि सञ्चालन हुने मोटरेबल पुल निर्माण तथा दुर्गम बस्तीमा आधारभूत सेवा सहज रूपमा पु¥याउने रहेको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend