काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना श्रावण १२ गते हिजो मात्रै सरकारले ३४.१३६ अर्ब राजस्व संकलन गरेको छ। यसमध्ये ३३.३५९ अर्ब कर राजस्व र ७७.७ करोड रुपैयाँ गैरकर राजस्व रहेको छ।
एकै दिन ३४ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्नु आर्थिक गतिविधि, आयात कारोबार तथा कर भुक्तानीको चापसँग जोडिएको हुन सक्ने अर्थ जानकार नवराज गौतम बताउँछन् ।
चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो १२ दिनमै नेपाल सरकारले रु. १ खर्ब ८४ अर्ब ४२ करोड २० लाख राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार श्रावण १२ गते दिनअन्तसम्म सरकारले रु.१८४.४२२ अर्ब राजस्व उठाएको हो।
सरकारले चालु आर्थिक वर्षका लागि कर तथा गैरकर गरी करिब रु. २० खर्बभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। श्रावण १२ गतेसम्म उठेको राजस्व वार्षिक लक्ष्यको करिब ९ प्रतिशत बराबर रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।


