क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षमा योगेश, अभिजित निमित्त सीइओ

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको अध्यक्षमा योगेश, अभिजित निमित्त सीइओ

मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • images

    काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्समा संस्थापक सेयरधनीका तर्फबाट ममताकुमारी साह, योगेशकुमार नेपाल, विवेकराम भण्डारी र राजेश खत्री सञ्चालक नियुक्त भएका छन्।

    ममता मिनिलता इन्भेष्टमेन्ट प्रालि तथा योगेश, विवेकराम र राजेश मेट्रो क्यापिटल प्रालिका तर्फबाट बाँकी अवधिका लागि क्रेष माइक्रो लाइफ इन्स्योरेन्सको सञ्चालक नियुक्त भएका हुन्। सञ्चालक समितिको बैठकले योगेशलाई अध्यक्ष चयन गरेको छ।

    सञ्चालक समितिको सोमबार बसेको बैठकले नायब सीईओ अभिजित केसीलाई कामु सीईओको जिम्मेवारी दिएको छ। धितोपत्र कारोबार सम्बन्धी कसुरमा गत जेठ २८ गते मुद्दा दायर भएपछि सीईओ प्रतापमान श्रेष्ठ निलम्बनमा छन्।

    धितोपत्र कारोबार सम्बन्धी कसुरमा इन्स्योरेन्सका तत्कालीन सञ्चालक विद्यु पुरी, मृदुला सारिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जनविरुद्ध पनि मुद्दा दायर भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend