सर्वोच्च अदालत- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष र सीइओलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालत- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष र सीइओलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश

बिहिवार, श्रावण २१ २०८३
बिहिवार, श्रावण २१ २०८३
  • images

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत-सिइओ ज्योतिप्रकाश पाण्डेलाई अनुसन्धानका क्रममा तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अध्यक्ष पाण्डे, सिइओ ज्योतिप्रकाश पाण्डेसहित बैंकका अन्य पदाधिकारीको तर्फबाट दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो।

    अदालतमा दायर रिट निवेदनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट स्मार्ट टेलिकम प्रालिको हाइपोथिकेशनमा रहेको शेयर लिलामसम्बन्धी प्रक्रियामा भइरहेको फौजदारी अनुसन्धानका क्रममा आफूहरूलाई पक्राउ गर्ने तयारी भएको उल्लेख गर्दै अन्तरिम आदेशको माग गरिएको थियो।

    सर्वोच्चले उक्त विषयमा अनुसन्धान जारी रहेकाले तत्काल पक्राउ गर्नुपर्ने वा नपर्ने विषयमा दुवै पक्षको सुनुवाइ आवश्यक देखिएको जनाएको छ।

    अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न निवेदक र विपक्षी दुवै पक्षलाई २०८३ साउन २८ गते छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।

    त्यसअघि निवेदकहरूलाई अनुसन्धान प्रयोजनका लागि पक्राउ नगर्न तथा नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ।

    रिट निवेदनमा अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेसँगै सञ्चालक प्रज्ञराज राजभण्डारी, कवि कुमार टिवरेवाल, दीपांकर शाक्य उदय, शालिकराम बेल्वासे र शोभा श्रेष्ठ पनि निवेदक रहेका छन्। अदालतले विपक्षी पक्षसँग लिखित जवाफ माग्दै आदेशको जानकारी सम्बन्धित निकायलाई गराउन निर्देशन दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend