लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जर, फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त गाभिँदै

लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जर, फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्त गाभिँदै

ट्याक्स खबर
मंगलवार, श्रावण २६ २०८३
ट्याक्स खबर
मंगलवार, श्रावण २६ २०८३
  • images

    काठमाडौँ। लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया अघि बढेको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाबीच आपसमा गाभिने प्रारम्भिक सम्झौता भएको हो।

    दुवै संस्थाबीच साउन २५ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौतासँगै दुवै संस्थाले एकीकृत कारोबारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएका छन्।

    काठमाडौँको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। त्यस्तै, काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्तको चुक्ता पुँजी २१ करोड ७५ लाख रुपैयाँ छ।

    मर्जरपछि बन्ने संस्थाको पुँजीगत आधार थप बलियो हुने तथा कार्यक्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ। दुई संस्थाको वित्तीय तथा संस्थागत संरचना एकीकृत भएपछि व्यवसाय विस्तारमा समेत सहजता हुने विश्वास लिइएको छ।

    मर्जरका लागि दुवै संस्थाबीचको सेयर स्वाप रेसियो भने अहिले तय भएको छैन। विस्तृत लेखापरीक्षण प्रतिवेदन तथा आवश्यक मूल्यांकनपछि मात्रै सेयर मिलान अनुपात निर्धारण गरिनेछ।

    दुवै संस्था नेप्सेमा सूचीकृत भएकाले मर्जर प्रक्रिया अघि बढेसँगै नियामकीय स्वीकृति तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend