‘नाइमा मोबिलिटी एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा सुरु

‘नाइमा मोबिलिटी एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा सुरु

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • images

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । आज  मंगलबार नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर एक्स्पो शुभारम्भ गरिन् ।

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडल नयाँ सवारी सार्वजनिक हुँदै छन्।

    एक वर्षअघि उत्पादक र आयातकर्ता मिलेर स्थापना गरिएको नाइमाले दोस्रो संस्करणको एक्स्पो गरेको हो । एक्स्पोमा चार पाँग्रेतर्फ हुन्डाइ, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लिपमोटर, वुलिङ ब्राण्ड सहभागी छन् ।

    त्यस्तै दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्यूजोरबगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्यारो, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटोरसीएक्स ब्राण्ड रहेका छन् ।


    नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ । ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा २ सय रूपैयाँ टिकट राखिएको छ । विद्यार्थीको हकमा भने ५० प्रतिशत छुट दिइएको छ ।

    सञ्चारमाध्यम सरकारी निकाय तथा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सदस्यहरु एंव सरकारी निकायका पदाधिकारीलाई निशुल्कको व्यवस्था छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend