कारोबार हुने साताको दोश्रो दिन आज नेप्से झिनो अंकले उकालो

कारोबार हुने साताको दोश्रो दिन आज नेप्से झिनो अंकले उकालो

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • images

    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अंकले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अंकले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ । 

    त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अंकले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १५६ दशमलव ४७ मा पुगेको छ । 

    आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता शेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ  । 

    आज १३ उपसमूहमध्ये  छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो ।  आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको शेयर घट्यो । 

    त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । 
    त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend