काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२-८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
लाभांश वितरणसँगै कम्पनीले सरकारलाई समेत उल्लेख्य रकम करका रूपमा बुझाउनेछ ।
एनआइसी एशिया क्यापिटलको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको ५० प्रतिशतका दरले वितरण हुने नगद लाभांशको कुल रकम रु. १० करोड हुन्छ ।
कम्पनीले घोषणा गरेको ५० प्रतिशत लाभांशमा लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको छ ।
लाभांश वितरणमा ५ प्रतिशत कर लाग्ने भएकाले एनआइसी एशिया क्यापिटलको यसपटकको लाभांशबाट सरकारको ढुकुटीमा ५० लाख रुपैयाँ पुग्नेछ ।
एनआइसी एशिया क्यापिटलको हिजो साउन २६ गते बसेको १७४औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२÷८३ को चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सभामा आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा असार मसान्तसम्मको वासलातलगायत वित्तीय विवरण समेत प्रस्तुत भएको एनआइसी एसिया क्यापिटलले जनाएको छ ।


