खानेपानीबाट सरकारी राजश्व बढ्यो:  व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

खानेपानीबाट सरकारी राजश्व बढ्यो:  व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • images

    चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु.एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ ।

    रु. पाँच हजारभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।

    कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उनले जानकारी दिए ।

    कार्यालयले अझै ५०० ग्राहकबाट रु २० लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरू हुन् ।

    बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उनले बताए ।

    कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरिरहेको छ । गत वर्ष रु. १६ करोड ५९ लाख ४२ हजार १०० महसुल बिलिङ गरेकोमा रु.१६ करोड ९९ लाख ७२ हजार ४४० संकलन भएको थियो ।

    यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।

    यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ ।

    आठ महिनाको बक्यौता रु। एक करोडभन्दा बढी रहेको उनले जानकारी दिए । महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend