राजश्वकै लागि सरकार लाग्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्षमा

राजश्वकै लागि सरकार लाग्यो खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्षमा

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • images

    काठमाडौं । नेपालको राजश्व बढाउनका लागि नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्षतर्फ पाइला चालेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन्।

    आज बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले बिक्री कक्षको उद्घाटन गर्दै कर्मचारी लगायत सिंहदरबारमा पुग्नेहरूका लागि सहज र सुपथ मूल्यमा खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष सञ्चालनमा ल्याइएको हो।

    कम्पनीका खाद्य सामग्री तथा दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बिक्री कक्ष स्थापना गरिएको हो।

    बिक्री कक्षबाट उपभोक्ताले कम्पनीले बिक्री गर्दै आएका विभिन्न खाद्यवस्तु खरिद गर्न सक्नेछन्।

    मन्त्रालय परिसर आसपास स्थापना गरिएको बिक्री कक्षले सरकारी कर्मचारी तथा सिंहदरबार क्षेत्रमा आउने सर्वसाधारणलाई समेत सहज रूपमा खाद्य सामग्री खरिद गर्ने सुविधा उपलब्ध गराउनुका साथै सरकारको राजश्व पनि बढ्ने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend