हिमालयन रि इन्स्योरेन्सका सञ्चालक रोहित गुप्ता कारागार चलान, शुभेच्छा खरेललाई १० लाख धरौटी

हिमालयन रि इन्स्योरेन्सका सञ्चालक रोहित गुप्ता कारागार चलान, शुभेच्छा खरेललाई १० लाख धरौटी

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • images

    काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीका सञ्चालक रोहित गुप्ता कारागार चलान भएका छन्। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगै भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका गुप्ता आज बिहीबार विशेष अदालतमा उपस्थित भएका थिए। 

    न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले ट्याकसखबरलाई जानकारी दिइन्। 

    गुप्ताले गैरकानुनी उदेश्यलाइृ सहयोग पुग्ने गरी आफ्नो टीएमएस खाता ब्रोकर नम्बर ५५ मा नरहँदा नरहँदै ५२ करोड ५० लाख रुपैयाँ शेयर बजारमा लगानी गर्न भनि उपलब्ध गराएको र हिमालयन रि इन्स्योरेन्स कम्पनीबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ उक्त ब्रोकर कम्पनीमा पठाइ उक्त ब्रोकर कम्पनीबाट दीपक भट्ट लगायतको नाममा शेयर अरिद गर्ने गराउने कार्य गरेको आरोप छ। 

    उनी समेतको संलग्नतामा नेपाल रि इन्स्योरेन्स कम्पनीको सेयर मुल्यमा उत्तारचढाव ल्याउन एवं कृतिम मुल्य वृद्धि गराउने र गैरकानुनी लाभ लिने कार्य भएको आरोप छ। उनीविरुद्ध धितोपत्र ऐन र बिमा ऐन अनुसार पनि छुट्टा छुट्टै मुद्दा दायर भएको छ। 

    आफू सञ्चालक समितिको सदस्य रहेको अवस्थामा पटक पटक गरी उक्त रकम उपलब्ध गराएको देखिएको भन्दै विशेष अदालतले अन्य प्रतिवादीहरुको बयान समेतलाई आधार बनाएर पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। 

    अर्का प्रतिवादी शुभेच्छा खरेलसँग भने सोही कसुरमा १० लाख धरौटी माग गर्ने आदेश भएको छ। साधारण सेयरधनीको तर्फबाट उनी सञ्चालक सदस्य रहेको अवस्थामा उक्त कम्पनीको रकम भृकुटी ब्रोकिङमा गएको देखिए पनि सो रकमबाट हिमालयन रिको नाममा सेयर खरिद गरेको नदेखिएको आदेशमा उल्लेख छ। 

    उनले यो विषयमा अनुसन्धान सुरु भएपछि सञ्चालक समितिबाट समेत राजीनामा दिएकी थिइन्।

    यी आधारमा उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। यसअघि दिपक भट्ट, सुलभ अग्रवाल र शंकर अग्रवाललाई थुनामा पठाउने आदेश भएको छ। 

    अन्यलाई धरौटीमा रिहा गरिएको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend