काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को भदौ १ गतेसम्म सरकारको राजस्व संकलन ९५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ १ गते मात्रै सरकारले ३ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यससँगै अघिल्लो दिनसम्मको ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलनमा थपिएर कुल राजस्व ९५ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो।
सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। भदौ १ गतेसम्मको संकलन लक्ष्यको ६.०७ प्रतिशत हो।
कुल राजस्वमध्ये कर राजस्वबाट ८८ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ। भदौ १ गते मात्रै कर राजस्व ३ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठेको छ। कर राजस्वको वार्षिक लक्ष्य १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, गैरकर राजस्व ७ अर्ब १३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। भदौ १ गते मात्रै गैरकर राजस्वबाट १० करोड ८ लाख रुपैयाँ संकलन भएको छ। सरकारले चालु वर्षमा गैरकर राजस्वबाट १ खर्ब ७७ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ।
सरकारको कुल प्राप्ति भने ९७ अर्ब १३ करोड ८७ लाख रुपैयाँ पुगेको छ। यसमा राजस्वसँगै अनुदान तथा अन्य प्राप्ति समावेश छन्। कुल प्राप्ति लक्ष्यको ५.९२ प्रतिशत हो।
यस अवधिमा सरकारले २ अर्ब ५१ करोड रुपैयाँ अनुदान प्राप्त गरेको छ भने अन्य प्राप्तिबाट ९७ करोड ७७ लाख रुपैयाँ प्राप्त भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
भदौ १ गतेको मुख्य तथ्यांक
एकैदिन राजस्व-३ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ
कुल राजस्व-९५ अर्ब ९१ करोड रुपैयाँ
कर राजस्व- ८८ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ
गैरकर राजस्व- ७ अर्ब १३ करोड ५५ लाख रुपैयाँ
कुल सरकारी प्राप्ति- ९७ अर्ब १३ करोड ८७ लाख रुपैयाँ
राजस्व लक्ष्य- १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ
लक्ष्यको तुलनामा राजस्व प्रगति- ६.०७ प्रतिशत


