सरकारले नोटबन्दी गर्न लागेको हो? अर्थमन्त्री भन्छन्– ‘सोचेका छैनौँ’

सरकारले नोटबन्दी गर्न लागेको हो? अर्थमन्त्री भन्छन्– ‘सोचेका छैनौँ’

ट्याक्स खबर
शुक्रवार, भाद्र ५ २०८३
ट्याक्स खबर
शुक्रवार, भाद्र ५ २०८३
  • images

    काठमाडौं।  सरकारले नोटबन्दी गर्न लागेको हो कि भन्ने चर्चाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे कुनै योजना नबनाएको स्पष्ट पारेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकहरूले नोटबन्दी किन नगर्ने भन्दै प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा सार्वजनिक गरेका हुन्।

    वाग्लेले नेपालका लागि अहिले नोटबन्दी उपयुक्त विकल्प नभएको बताए। ‘नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,’ उनले भने।

    नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकको अनुभव पनि उत्साहजनक नरहेको उनको भनाइ छ। त्यसैले अहिले नेपालमा नोटबन्दी गर्ने विषय सरकारको प्राथमिकतामा नरहेको उनले स्पष्ट पारे।

    यसअघि पनि नोटबन्दीसम्बन्धी चर्चा भइरहेका बेला वाग्लेले नेपालमा त्यस्तो नीति नल्याउने धारणा सार्वजनिक गरेका थिए। भारतले सन् २०१६ मा ठूलो मूल्यका नोट खारेज गर्दै नोटबन्दी गरेको सन्दर्भमा नेपालमा पनि त्यस्तै कदम चालिन सक्ने अड्कलबाजी हुँदै आएको थियो।

    अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिले भने सरकार नोटबन्दीको तयारीमा रहेको भन्ने आशंकालाई तत्कालका लागि खण्डन गरेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend