चितवनबाट ‘स्वास्थ्य श्री’ प्रिमियम तोरीको तेल बजारमा, पहिलो प्रेसिङ रसायनरहित उत्पादनको दाबी

चितवनबाट ‘स्वास्थ्य श्री’ प्रिमियम तोरीको तेल बजारमा, पहिलो प्रेसिङ रसायनरहित उत्पादनको दाबी

सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • images

    काठमाडौं । रिलाइयबल नेपाल एग्रो लिमिडेटले नेपाली बजारमा ‘स्वास्थ्य श्री Premium First Pressed Mustard Oil’ नामक प्रिमियम तोरीको तेल सार्वजनिक गरेको छ।

    कम्पनीका अनुसार स्थानीय उत्पादन, आधुनिक प्रविधि र गुणस्तरीय उत्पादन प्रक्रियालाई संयोजन गर्दै उपभोक्तालाई प्राकृतिक स्वाद र शुद्धतायुक्त तोरीको तेल उपलब्ध गराउने उद्देश्यले उत्पादन बजारमा ल्याइएको हो।

    चितवनको खैरहनीमा आधुनिक प्रविधिमार्फत तोरीको तेल उत्पादन गर्ने प्लान्ट स्थापना गरी कम्पनीले तेलसँगै अन्य कृषि उपजमा आधारित खाद्य पदार्थ उत्पादन गर्दै आएको जनाएको छ।

    स्थानीय कृषि उत्पादनको विकास, किसानलाई व्यावसायिक कृषितर्फ प्रोत्साहन तथा उत्पादित कृषि उपजको बजार विस्तारमा समेत योगदान गर्ने कम्पनीको लक्ष्य रहेको छ।

    su.jpeg

    कम्पनीका अनुसार ‘स्वास्थ्य श्री Premium First Pressed Mustard Oil’म’ तोरीको तेल गुणस्तरीय तोरीका दानाबाट पहिलो प्रेसिङरएक्सपेलर प्रक्रियामार्फत उत्पादन गरिएको हो। तेलमा पुनःप्रयोग गरिएको तेल नमिसाइने भएकाले तोरीको प्राकृतिक गुण, मौलिक स्वाद र सुगन्ध कायम रहने कम्पनीको दाबी छ।

    कम्पनीले उत्पादनमा कुनै मिसावट नगरिएको जनाएको छ। दैनिक खाना पकाउने प्रयोजनलाई लक्षित गर्दै नेपाली भान्सामा प्रयोग हुने परिकारको स्वाद र गुणस्तरलाई ध्यानमा राखेर तेल तयार गरिएको उसको भनाइ छ।

    दैनिक खानपानमा प्रयोग हुने तेलको गुणस्तरप्रति उपभोक्ताको चासो बढिरहेका बेला प्राकृतिकता, शुद्धता र गुणस्तरलाई प्राथमिकता दिएर उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

    Reliable Nepal Agro Limited ले ‘Swasthya Shree’ ब्रान्डमार्फत नेपाली उपभोक्तालाई गुणस्तरीय खाद्य उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको छ। कम्पनीले खैरहनी, चितवनलाई नेपालकै भरपर्दो तेल उत्पादन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोणसमेत अघि सारेको छ।

    कम्पनीका अनुसार ‘स्वास्थ्य श्री Premium First Pressed Mustard Oil’ का प्रमुख विशेषतामा पहिलो प्रेसिङ प्रविधिबाट उत्पादन, Preservative तथा Chemical नमिसाइएको शुद्ध प्राकृतिक तोरीको तेल, तोरीको मौलिक स्वाद तथा सुगन्ध, गुणस्तरीय तोरीका दानाको प्रयोग र आधुनिक उत्पादन तथा फिल्ट्रेसन प्रक्रिया रहेका छन्।

    कम्पनीले नेपाली परिवारको दैनिक खानपानलाई लक्षित गर्दै उत्पादनको गुणस्तर कायम गरिएको जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend