आजको राजश्व: भदौ ७ गते मात्रै सरकारले १ अर्ब १ लाख रुपैयाँ संकलन

आजको राजश्व: भदौ ७ गते मात्रै सरकारले १ अर्ब १ लाख रुपैयाँ संकलन

सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना सकिएर भदौको पहिलो सातासम्म आइपुग्दा सरकारले १ खर्ब ६ अर्ब ४ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक राजस्व लक्ष्यको ६.७१ प्रतिशत हो।

    अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयको भदौ ७ गतेसम्मको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। सो लक्ष्यको ६.७१ प्रतिशत राजस्व भदौ ७ गतेसम्म उठेको हो।

    कुल राजस्वमध्ये कर राजस्वको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। भदौ ७ गतेसम्म सरकारले ९८ अर्ब ४१ करोड ४ लाख रुपैयाँ कर राजस्व संकलन गरेको छ। यो वार्षिक कर राजस्व लक्ष्यको ७.०१ प्रतिशत हो।

    सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको छ।

    त्यस्तै, गैरकर राजस्वबाट ७ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ संकलन भएको छ। गैरकर राजस्वतर्फ वार्षिक १ खर्ब ७७ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा हालसम्म ४.३२ प्रतिशत प्रगति भएको छ।

    भदौ ७ गते मात्रै सरकारले १ अर्ब १ लाख रुपैयाँ राजस्व संकलन गरेको विवरणमा देखिन्छ। यसमध्ये कर राजस्वबाट ८ करोड ६० लाख रुपैयाँ र गैरकर राजस्वबाट १ करोड ४१ लाख रुपैयाँ उठेको छ।

    यसैगरी, सो दिन सरकारले अनुदानतर्फ २५ करोड १० लाख रुपैयाँ प्राप्त गरेको छ। अन्य प्राप्तिसमेत जोड्दा भदौ ७ गते सरकारी खातामा कुल ३५ करोड १२ लाख रुपैयाँ प्राप्त भएको छ।

    राजस्वबाहेक अनुदान तथा अन्य प्राप्तिसमेत जोड्दा भदौ ७ गतेसम्म सरकारको कुल प्राप्ति १ खर्ब ७ अर्ब ३७ करोड ८ लाख रुपैयाँ पुगेको छ।

    notice-7.png
    राजस्व-भदौ ७

    कुल सरकारी प्राप्तिको वार्षिक लक्ष्य १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ रहेकोमा हालसम्म ६.५४ प्रतिशत प्राप्ति भएको छ।

    भदौ ७ गतेसम्म अनुदानबाट २५ करोड १० लाख रुपैयाँ र अन्य प्राप्तिबाट १ अर्ब ७ करोड १ लाख रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख छ।

    उता, भदौ ७ गतेसम्म सरकारको कुल खर्च ६० अर्ब ३९ करोड ३ लाख रुपैयाँ पुगेको छ। यो कुल बजेटको २।८४ प्रतिशत हो।

    सरकारले चालु आर्थिक वर्षमा कोषबाट हुने कुल खर्चका लागि २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    कुल खर्चमध्ये चालु अर्थात् पुनरावर्ती खर्च ३७ अर्ब ४ करोड ६२ लाख रुपैयाँ भएको छ। पुँजीगत खर्च भने २ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ मात्रै भएको छ।

    आजको राजश्व: भदौ ३ गते मात्रै ३ अर्ब २४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन

    त्यस्तै, वित्तीय व्यवस्थातर्फ २१ अर्ब ५ करोड ५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

    भदौ ७ गतेसम्मको तथ्यांकले सरकारको पुँजीगत खर्चको गति अझै सुस्त रहेको देखाउँछ। कुल पुँजीगत बजेट ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ रहेकोमा हालसम्म २ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ, अर्थात् ०.५४ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले उल्लेख छ।

    पुनरावर्ती खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट रहेकोमा हालसम्म ३७ अर्ब ४ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ। वित्तीय व्यवस्थाका लागि छुट्याइएको ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँमध्ये २१ अर्ब ५ करोड ५ लाख रुपैयाँ खर्च भएको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend