आजको राजश्व: भदौ १६ गते एकैदिन २ अर्ब ८८ करोड संकलन

आजको राजश्व: भदौ १६ गते एकैदिन २ अर्ब ८८ करोड संकलन

बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ १६ गतेसम्म सरकारले १ खर्ब २६ अर्ब ९१ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। भदौ १६ गते मात्रै सरकारको राजस्व खातामा २ अर्ब ८८ करोड ३ लाख रुपैयाँ थपिएको छ।

    महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार भदौ १५ गतेसम्म १ खर्ब २४ अर्ब ३ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

    एक दिनमा २ अर्ब ८८ करोड ३ लाख थपिएसँगै भदौ १६ गतेसम्म कुल राजस्व १ खर्ब २६ अर्ब ९१ करोड १५ लाख रुपैयाँ पुगेको हो।

    सरकारले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। भदौ १६ गतेसम्मको संकलन लक्ष्यको ८.०३ प्रतिशत हो।

    कर राजस्व १ खर्ब १८ अर्ब नाघ्यो

    कुल राजस्वमध्ये कर राजस्वबाट १ खर्ब १८ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ संकलन भएको छ। भदौ १६ गते मात्रै कर राजस्वबाट २ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ उठेको छ।

    सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपैयाँ कर राजस्व उठाउने लक्ष्य राखेको छ। हालसम्मको कर राजस्व संकलन लक्ष्यको ८.४४ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

    त्यस्तै गैरकर राजस्वतर्फ ८ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ संकलन भएको छ। गैरकर राजस्वको वार्षिक लक्ष्य १७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा हालसम्म ४.८२ प्रतिशत संकलन भएको छ।

    राजस्वबाहेक अनुदान तथा अन्य प्राप्तिसमेत जोड्दा सरकारको कुल प्राप्ति १ खर्ब २८ अर्ब १२ करोड ६५ लाख रुपैयाँ पुगेको छ। यो कुल वार्षिक लक्ष्यको ७.८ प्रतिशत हो।

    भदौ १६ गते मात्रै सरकारको कुल प्राप्तिमा २ अर्ब ६५ करोड ३ लाख रुपैयाँ थपिएको देखिन्छ।

    सरकारको आम्दानीसँगै खर्च पनि बढिरहेको छ। भदौ १६ गतेसम्म सरकारी कोषबाट १ खर्ब १८ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ।

    कुल खर्चमध्ये चालुतर्फ ६९ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ, पुँजीगततर्फ ३ अर्ब ३८ करोड ६९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ४५ अर्ब ५४ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ।

    सरकारले चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ खर्च गर्ने बजेट विनियोजन गरेको छ। हालसम्म कुल बजेट खर्च ५.५८ प्रतिशत भएको छ।

    भदौ १६ सम्मको तत्थ्यांकले राजस्व संकलन १ खर्ब २६ अर्ब नाघेको देखाए पनि वार्षिक लक्ष्यको तुलनामा अझै ठूलो हिस्सा उठाउन बाँकी छ।

    आगामी महिनामा राजस्व संकलनको गति कति बढ्छ भन्नेले सरकारको वार्षिक लक्ष्य हासिल गर्ने क्षमताको संकेत दिएको छ । 

    notic -5-16.png
    महालेखा नियन्त्रक कार्यालयद्धारा जारी भदौ १६, २०८३को तत्थ्यांक

    आजको राजश्व: भदौ १५ मा सरकारको ढुकुटीमा थपियो ५ अर्ब ५२ करोड राजस्व

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend