Transfer pricing

बहुराष्ट्रिय कम्पनीको विज्ञापन खर्चमा कर विवाद, भारतको सर्वोच्च अदालतमा पुग्दै AMP मुद्दा

बहुराष्ट्रिय कम्पनीको विज्ञापन खर्चमा कर विवाद, भारतको सर्वोच्च अदालतमा पुग्दै AMP मुद्दा

स्थानीय बजारमा बिक्री बढाउन गरिएको विज्ञापन खर्च र विदेशी parent company को ब्रान्डका लागि गरिएको खर्च छुट्याउने आधार के?

आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • images

    भारतमा बहुराष्ट्रिय कम्पनीका स्थानीय इकाइले गर्ने Advertising, Marketing and Promotion (AMP) खर्चलाई लिएर लामो समयदेखि चलिरहेको कर विवाद अब सर्वोच्च अदालतसम्म पुगेको छ। भारतीय कर अधिकारीहरूले स्थानीय कम्पनीले विदेशी मूल कम्पनीको ब्रान्ड निर्माणमा सहयोग पुग्ने गरी ठूलो रकम खर्च गरेको अवस्थामा त्यसलाई सम्बन्धित पक्षबीचको international transaction मानेर transfer pricing नियम लागू गर्नुपर्ने धारणा राख्दै आएका छन्।

    तर बहुराष्ट्रिय कम्पनीका भारतीय इकाइहरूले भने आफूले गर्ने विज्ञापन तथा बिक्री प्रवर्द्धन खर्च भारतीय बजारमा आफ्नो व्यापार विस्तार र बिक्रीका लागि गरिएको सामान्य व्यावसायिक खर्च भएको दाबी गर्दै आएका छन्। त्यसैले त्यस्तो खर्चलाई स्वतः विदेशी parent company सँगको transaction मानेर transfer pricing adjustment गर्नु उचित नहुने उनीहरूको तर्क छ।

    विवाद कहाँ छ?

    Transfer pricing को सामान्य आधार भनेको एउटै समूहभित्रका सम्बन्धित कम्पनीबीच हुने कारोबारलाई arm’s-length principle अनुसार मूल्य निर्धारण गर्नु हो।

    तर AMP खर्चको हकमा प्रश्न फरक छ भारतीय कम्पनीले आफ्नो ब्रान्ड र बिक्रीका लागि गरेको विज्ञापनले विदेशी parent company को ब्रान्डलाई पनि फाइदा भयो भन्दैमा त्यसलाई छुट्टै international transaction मान्न मिल्छ कि मिल्दैन?

    भारतीय कर अधिकारीहरूले कतिपय अवस्थामा कम्पनीको बिक्रीको तुलनामा AMP खर्च असामान्य रूपमा धेरै भएको भन्दै ‘Bright Line Test’ प्रयोग गरेर अतिरिक्त खर्च पहिचान गर्ने र त्यसमा markup थपेर transfer pricing adjustment गर्ने गरेका छन्।

    तर भारतीय अदालतका विभिन्न फैसलामा केवल धेरै AMP खर्च भएको आधारमा associated enterprise सँग international transaction भएको निष्कर्ष निकाल्न नसकिने धारणा पनि आएको छ। दिल्ली उच्च अदालतले समेत यस्तो transaction को अस्तित्व प्रमाणित गर्नुपर्ने बताएको छ।

    पछिल्ला फैसलाले विवाद थप महत्वपूर्ण बनायो

    २०२६ मै भारतीय Income Tax Appellate Tribunal (ITAT) का विभिन्न फैसलामा AMP खर्चसम्बन्धी कर adjustment हटाइएका उदाहरण छन्।

    Samsung India को एउटा पछिल्लो फैसलामा ITAT ले विगतका वर्षका फैसलाहरू उल्लेख गर्दै associated enterprise सँग AMP खर्च गर्ने कुनै agreement, arrangement वा understanding प्रमाणित नभएसम्म त्यसलाई छुट्टै international transaction का रूपमा विस्तार गर्न नसकिने धारणा दोहोर्‍याएको छ।

    त्यस्तै Vodafone सम्बन्धी २०२६ को फैसलामा पनि tribunal ले AMP खर्चलाई international transaction ठहर गर्न कर प्रशासनले सम्बन्धित पक्षबीच वास्तविक arrangement रहेको प्रमाण देखाउनुपर्ने विषय उठाएको छ। 

    नेपालका लागि किन महत्वपूर्ण?

    नेपालमा पनि बहुराष्ट्रिय कम्पनी, विदेशी लगानी भएका कम्पनी र सम्बन्धित पक्षबीच हुने कारोबारमा transfer pricing कर प्रशासनको महत्वपूर्ण विषय हो।

    विशेषगरी विदेशी कम्पनीको नेपालस्थित subsidiary ले advertising, brand promotion, management service, royalty वा अन्य group-related खर्च गर्दा त्यसको वास्तविक व्यावसायिक उद्देश्य र सम्बन्धित पक्षलाई भएको लाभबारे प्रश्न उठ्न सक्छ।

    भारतमा AMP खर्चलाई लिएर भइरहेको विवादले नेपाललाई पनि एउटा महत्वपूर्ण प्रश्न, स्थानीय बजारमा बिक्री बढाउन गरिएको विज्ञापन खर्च र विदेशी parent company को ब्रान्डका लागि गरिएको खर्च छुट्याउने आधार के?

    यसको उत्तर स्पष्ट नहुँदा करदाता र कर प्रशासनबीच transfer pricing विवाद सिर्जना हुन सक्छ। त्यसैले भारतको सर्वोच्च अदालतबाट आउने व्याख्या दक्षिण एसियाका transfer pricing अभ्यासका लागि पनि चासोको विषय बन्न सक्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend