काठमाडाैं। मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
यसअनुसार शेयरधनीले बोनस शेयरसँगै नगद लाभांश पनि पाउनेछन्। बैंकले लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाले प्रस्ताव पारित गर्नुपर्नेछ। साधारणसभाबाट पारित भएपछि मात्रै घोषित लाभांश शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।


