काठमाडौं । कामना सेवा विकास बैंकले झापाको दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीलाई वित्तीय साक्षरता, बचत गर्ने बानी र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ।
विद्यालयको सर्वोदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा कक्षा ९ र १० का करिब १५० जना विद्यार्थी सहभागी भएका थिए।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले विद्यार्थीलाई जीवनोपयोगी सीप, आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन तथा चुनौती सामना गर्ने तरिकाबारे जानकारी दिएका थिए।
उनले शैक्षिक ज्ञानसँगै व्यावहारिक जीवनमा आवश्यक सीप विकास गर्नु भविष्य निर्माणको महत्वपूर्ण आधार भएको बताए।
वित्तीय साक्षरताले विद्यार्थीलाई पैसाको सही व्यवस्थापन, बचतको महत्व र जिम्मेवार आर्थिक निर्णय लिन सिकाउन सहयोग गर्छ। विद्यालय तहदेखि नै वित्तीय ज्ञान प्रदान गर्न सके भविष्यमा आर्थिक अनुशासन विकास गर्न मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ।
विद्यालय तहबाटै वित्तीय साक्षरता र आर्थिक अनुशासनको पाठ। कामना सेवा विकास बैंकले दमकका करिब १५० विद्यार्थीलाई वित्तीय ज्ञान र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ।


