काठमाडौं। एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ।
यो अफर एनसेलका विद्यमान प्रयोगकर्ता तथा नयाँ एनसेल सिम लिने ग्राहकले प्राप्त गर्न सक्नेछन्।
अफरअन्तर्गत नयाँ आइफोन मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र प्रिमियम कन्टेन्ट उपलब्ध हुने ओटीटी प्लेटफर्म लायन्सगेटको सब्सक्रिप्सन पाउनेछन्।
योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्सका पहिलो २०० जना खरिदकर्ताले यी सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन्। त्यस्तै, आइफोन डुओका पहिलो १०० जना खरिदकर्ताले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिनै प्रयोग गर्न पाउनेछन्।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई विशेष अफर उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए।
‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको साझेदारीमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकलाई यो विशेष अफर उपलब्ध गराउन पाउँदा हामी हर्सित छौँ,’ दत्ताले भने, ‘व्यवहारिक मूल्य र डिजिटल जीवनशैलीलाई बल दिने एनसेलको प्रतिबद्धता अनुरूप यो योजनाले देशैभर रहेका हाम्रा प्रयोगकर्तालाई जहाँसुकै भरपर्दो कनेक्टिभिटी उपलब्ध गराउनेछ।’
प्रिमियम डिभाइससँग भरपर्दो मोबाइल सेवालाई जोडेर सञ्चार र मनोरञ्जनलाई अझ सरल र फलदायी बनाउन चाहेको पनि दत्ताले बताए।


