२१ हजारको ल्युब आयल किन्दा लालबाबु शाह कानुले जिते १० लाख रुपैयाँ

२१ हजारको ल्युब आयल किन्दा लालबाबु शाह कानुले जिते १० लाख रुपैयाँ

शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • images

    काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका-१० का लालबाबु शाह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा १० लाख रुपैयाँको नगद पुरस्कार जितेका छन्।

    असोज १ गतेदेखि १५ गतेसम्म विभिन्न वस्तु तथा सेवा खरिद गरेका उपभोक्ता हरुबाट भएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत लक्की ड्रमा शाह कानुले उक्त पुरस्कार जितेका हुन्। पुरस्कार विजेता घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले उनलाई तत्कालै फोन गरेर बधाई दिएका थिए।

    अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्य पुरस्कार विजेताको नम्बर सार्वजनिक गर्नुका साथै अन्य १५ जना विजेताको नम्बरसमेत घोषणा गरिएको हो।

    कार्यक्रममा अर्थ मन्त्रालयका प्रतिनिधि, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भुसाल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा विजेताहरूको नम्बर सार्वजनिक गरेका थिए।

    करदाता प्रोत्साहन उपहार कार्यक्रमको उद्देश्य उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्नु र कारोबारलाई पारदर्शी बनाउनु हो। बिलका आधारमा कारोबारको अभिलेख राख्न तथा नियमानुसार कर अनुपालन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यस कार्यक्रमले उपभोक्तालाई आफूले खरिद गरेको वस्तुको बिल सुरक्षित राख्न प्रोत्साहित गर्नुका साथै कर प्रणालीमा आम नागरिकको सहभागिता बढाउने लक्ष्य राखेको छ।

     उपभोक्ताले बिल लिने र व्यवसायीले अनिवार्य रूपमा बिल जारी गर्ने अभ्यास बलियो भएमा कारोबारको अभिलेख व्यवस्थित बनाउन र कर छली नियन्त्रणमा सहयोग पुग्न सक्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend