करदाता प्रोत्साहन उपहारका लागि खरिद बिल अनिवार्य, कात्तिक १ मा विजेता घोषणा हुने

करदाता प्रोत्साहन उपहारका लागि खरिद बिल अनिवार्य, कात्तिक १ मा विजेता घोषणा हुने

असोज १६ देखि ३१ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले खरिद बिलको विवरण अनलाइन प्रविष्ट गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्ने

बुधवार, आश्विन २८ २०८३
बुधवार, आश्विन २८ २०८३
  • images

    काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा खरिद बिल लिन र त्यसको विवरण अनलाइन प्रविष्ट गर्न आग्रह गरेको छ।

    विभागको सूचनाअनुसार २०८३ असोज १६ गतेदेखि ३१ गतेसम्मको अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले खरिद बिलको विवरण विभागको वेबसाइटमा प्रविष्ट गर्न सक्नेछन्। उक्त अवधिका उपहार कुपन कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ।

    कार्यक्रममा सहभागी हुन उपभोक्ताले https://prize.ird.gov.np/ मा गई आफूले खरिद गरेको वस्तु तथा सेवाको बिलसम्बन्धी विवरण असोज ३१ गते शनिबारसम्म प्रविष्ट गर्नुपर्नेछ। विभागले खरिद बिलको विवरण प्रविष्ट गरेपछि उपहार कुपन प्राप्त गर्न सकिने छ।

    विभागले उपहार कार्यक्रममा सहभागी भएर पुरस्कार प्राप्त गर्न वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ। साथै, वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई पनि बिक्री गर्दा अनिवार्य रूपमा बिल वा बिजक जारी गर्न सूचित गरेको छ।

    करदाता प्रोत्साहन उपहार कार्यक्रमको उद्देश्य कर प्रणालीमा बिल लिने र दिने अभ्यासलाई प्रोत्साहन गर्नु हो। खरिद बिलले कारोबारको अभिलेख राख्न र करसम्बन्धी विवरणलाई व्यवस्थित बनाउन सहयोग गर्छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend