एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिने सरकारको निर्णय

एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिने सरकारको निर्णय

बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • images

    काठमाडौं । सरकारले एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको छ । 
    केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्ता रहेका एमसिए (नेपालको काम गर्ने निर्माण वा सेवा प्रदायक कम्पनीको एमसिसी फन्डिङ (नेपालको योगदान समेत) बाट आर्जित आयमा आय वर्ष २०८२/०८३ को लागि आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा ९१० बमोजिम आयकर छुट दिने र यसरी दिइएको छुटको जानकारी नेपाल राजपत्रमा प्रकाशन गरी सार्वजनिक गर्ने निर्णय गरेको छ ।
    बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन १४ सेप्टेम्बर २०१७ मा हस्ताक्षर भएको सहायता सम्झौताको धारा ३ को उपधारा ३.५ इम्प्लीमेन्टेसन लेटर मेकानिजम्स टु इम्प्लीमेन्ट टाक्स एक्जाम्सन अफ एमसिसी फन्डिङ विषयक कार्यान्वयनपत्र स्वीकृत गरेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend