बाढीले रसुवा र तातोपानी दुवै नाकामा समस्या

बाढीले रसुवा र तातोपानी दुवै नाकामा समस्या

केरुङको सामान डाइभर्ट गरेर ल्याउन पनि असहज

बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • images

    काठमाडौं । रसुवा नाकामा पटक पटक बाढी आउँदा आयात प्रभावित भएकोछ । करिब एक महिनाअघि बाढीले पुल बगाएपछि रसुवा नाकाबाट आयात रोकिएको छ । 
    चिनियाँ पक्षले बेलिबृज निर्माणका लागि बनाइरहेको संरचना पटक पटक बाढीले क्षतिग्रस्त पारेपछि काम प्रभावित भएको छ । त्यसकारण वैकल्पिक बाटो नभएका कारण केरुङतर्फ रोकिएका करिब ५ सयभन्दा बढी कन्टेनर अलपत्र परेका छन् । 
    चिनियाँ पक्षले भदौ अन्तिमसम्ममा पुल निर्माण सम्पन्न गर्ने बताए पनि बेलिबृजको संरचना बाढीले पटक पटक बगाएसँगै सो पुल तत्कालै नबने देखिएको छ ।  
    केरुङ नाकामा रोकिएको चिनियाँ सामान बोकेका कन्टेनर तातोपानी नाकामा डाइभर्ट हुने कि नहुने अन्योल भएको रसुवा भन्सार कार्यालये जनाएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख अधिृकत तुलसी भट्टराईले व्यवसायीहरुले सामन डाइभर्ट गरेर लग्नुपर्ने बाध्यता रहेको बताए । 
    चिनियाँ पक्षले पुलको लागि बेस बनाउन सुरु गरेको थियो । तर पटक पटक आएको बाढीले त्यो बगाइसकेको छ । अहिले नेपालतर्फको बाटो पनि राम्रो छैन । स्याफ्रूबेसीतर्फ बाटाको बाटोको विभिन्नस्थानमा पहिरो गएको छ ।  लगतार बाढी आउन थालेपछि केरुङतर्फ भएको सामान पुल बनुन्जेल कुरेर बस्ने अवस्था नभएको व्यवसायीहरु बताउँछन् । चाडपर्व नजिकिन थालेकाले दसैं तिहारलाई लक्षित गरी ल्याइएका सामान लामो समयसम्म राख्ने अवस्था नभएको व्यापारीहरुको भनाइ छ । 
    यता तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले केरुङतर्फ जान लागेका सबै कन्टेनर तातोपानी भन्सार नाकातर्फ डाइभर्ट भएर आउन थालेको बताए । अहिले तातोपानी नाका पनि ३–४ दिन बन्द हुने र खुल्ने क्रम चलिरहेको छ । 
    रसुवा नाका बन्द हुँदा मानसरोवर जाने र आउने तीर्थयात्रीहरु यहीबाट आवतजावत गरिरहेका छन् । दैनिक २०० देखि ३०० को हाराहारीमा यहाँबाट मानिसहरु आउजाउ गरिरहेका छन् । यतिबेला तातोपानी नाकाको पारीपट्टी करिब ४०० कन्टेनर रोकिएका छन् । 
    रसुवा नाका करिब एक महिनादेखि बन्द छ । यो नाकाबाट चाडपर्वको बेलामा दैनिक ६० भन्दाबढी कन्टेनर आउने गरेका थिए । तातोपानी भन्दा लामो रुट भएपनि बाटो सहज भएकाले यताबाट बढी आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । तर, अहिले रसुवामा बाटो बन्न समय लाग्ने र नाका नियमित सञ्चालन नहुँदा व्यवसायी मर्कामा परेका छन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend