यातायात कार्यालय बुटवलद्वारा करिब डेढ अर्ब राजस्व संकलन

यातायात कार्यालय बुटवलद्वारा करिब डेढ अर्ब राजस्व संकलन

शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • images

    बुटवल । यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीमा गत आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न शीर्षकमा १ अर्ब ४५ करोड ३६ लाख ६७ हजार २१३ रुपैयाँँ राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा झण्डै ५ करोडले बढी हो । 
    जसमध्ये यातायात क्षेत्रको आम्दानी अन्तर्गत २ करोड ९४ लाख ९६ हजार ७५५ रुपैयाँ रहेको छ । सवारी साधन करतर्फ १ अर्ब २३ करोड ८९ लाख उठेको छ । सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १८ करोड ५१ लाख संकलन भएको यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । 
    संघीय सरकारबाट यातायाततर्फ ८ करोड ६१ लाख रुपैयाँ प्रदेश सरकारलाई आएको थियो । जसअन्तर्गत आयकरतर्फ ८ करोड ४९ लाख ३९ हजार ८४२ रुपैयाँ र सडक दस्तुरतर्फको १२ लाख ४८ हजार ६०० रुपैयाँ आएको हो । संघीय सरकारबाट आएको समेत गरेर यातायात व्यवस्था कार्यालय रुपन्देहीको कुल आम्दानी १ अर्ब ५३ करोड ९८ लाख रहेको छ ।        

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend