चाडपर्व नजिकिँदै जाँदा चीनबाट सामान आयात ठप्प

चाडपर्व नजिकिँदै जाँदा चीनबाट सामान आयात ठप्प

पहिरोले तातोपानी नाका एक सातादेखि बन्द

सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • images

    काठमाडौं । दसैंलगायतका चाडपर्व नजिकिँदै जाँदा चीनबाट सामान आयात ठप्प भएको छ । मुख्य व्यापारीक नाका रसुवा एक महिनादेखि बन्द रहेकोमा अर्को नाका तातोपानीबाट पनि आयात रोकिएको एक साता भएको छ । 
    कोदारीमा पहिरोले बाटो अबरुद्ध भएका कारण आयात रोकिएको तातोपानी भन्सार कार्यालयका अधिकृत सूर्यप्रसाद काफ्लेले बताए । 
    ‘कोदारीमा पहिरोका कारण सडक नै खसको छ । बाटो बनाउने काम भइरहेपनि निरन्तरको वर्षाका कारण समस्या भइरहेको छ’ उनले भने, ‘सडक अवरुद्ध भएका कारण चीनबाट सामान आइरहेको छैन ।’ 
    दुई देश जोड्ने पुल गत असार २४ गतेको बाढीले बगाएर रसुवा नाका बन्द भएपछि व्यापारीहरुसमेत तातोपनी नाका सिफ्ट भएका थिए । तर तातोपानी नाकाबाट हुने आयात पनि पटक पटक प्रभावित भएको छ । तातोपानी नाकाबाट हुने आयात फेरि बन्द भएपछि व्यापारीका सामान चीनतर्फ नै रोकिएका छन् । 
    उता रसुवा नाकामा पुल बनाउने काम अघि बढेको छैन । चीनले बेलिब्रिजका लागि बनाएको बेस बाढीले बगाएपछि अहिले काम अगाडि नबढेको रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत तुलसी भट्टराईले बताए । 
    ‘बेलिब्रिजका लागि भनेर बनाइएको बेस बाढीले बगाएपछि अहिले काम अगाडि बढेको छैन । जसले गर्दा यो नाकाबाट व्यापारीले दसैंका लागि सामान ल्याउन संभव होलाजस्तो छैन’ उनले भने । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend