वन पैदावरबाट २४ करोड राजस्व असुली

वन पैदावरबाट २४ करोड राजस्व असुली

शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • images

    धनगढी । सुदूरपश्चिम प्रदेशका सामुदायिक वनहरुबाट १६ लाख २० हजार तीन सय क्यूफिट काठ निकालिएको छ ।


    गत आर्थिक वर्ष २०८२/०८३ मा सो परिमाणमा वनबाट काठ निकालिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुई हजार २५८ चट्टा दाउरासमेत निकालिएको जनाएको छ । निकालिएको काठमध्ये ३९ हजार ४८४ क्यूफिट काम आपूर्ति समितिबाट वितरण गरिएको छ । मन्त्रालयले ४६३ घरधुरीले कामा दाउरा प्राप्त गरेको जनाएको छ ।


    यसैगरी, गत आर्थिक वर्षमा २१ लाख ३२ हजार २१४ किलो जडिबुटी निकासी गरिएको मन्त्रालयले जनाएको छ । ४० लाख ४० हजार ८०५ किलो खोटोसमेत निकासी गरिएको छ । यसबाट २४ करोड एक लाख ७४ हजार ६८२ रुपैयाँ राजस्व आम्दानी भएको छ ।


    प्रदेशको ३५ हेक्टर वन क्षेत्रमा जडिबुटी खेती गरिएको छ । सात हेक्टर वन धार्मिक वनका लागि हस्तान्तरण गरिएको छ । गत वर्ष एक हजार ७०२ हेक्टर क्षेत्रफलको १९ वटा वन समुदायमा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

    १७ हेक्टर अतिक्रमित वन खाली गरिनुका साथै १२२ हेक्टर वनमा १४ लाख ४७ हजार ३५० वटा वृक्षरोपण गरिएको छ ।  

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend