भन्सारबाट जाँच पास नभएको ८६ हजार ४ सय थान भेपको राजस्व चुहावट

भन्सारबाट जाँच पास नभएको ८६ हजार ४ सय थान भेपको राजस्व चुहावट

शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • images

    काठमाडौं । सरकारले शिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पा र विजय शेर्पालाई मुख्य प्रतिवादी बनाउँदै ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

    मुख्य प्रतिवादी रमेश र विजयलाई २० करोड १५ लाख ४८ हजार ९१७ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ भने मतियारको रूपमा सन्तोष पराजुली र महेशप्रसाद पाठकलाई १० करोड ७ लाख ७४ हजार ४५८ रुपैयाँ विगो दाबी माग गरिएको छ । 

    त्यस्तै शिल्क ग्रुप प्रालि अन्तर्गतका ७ वटा प्रालिहरुका साथै सञ्चालक सेयरधनीहरु रमेश शेर्पा, विजय शेर्पा, सोने शेर्पा, कृष्ण शेर्पा, निमादोर्जे शेर्पा, जाङ्गु शेर्पा, साङ्गो शेर्पा, डिमा छिकी शेर्पा, पुन्यबहादुर कार्की सुनौ, औदी तामाङलाई प्रतिवादी कायम गरी प्रतिवादीहरुबाट ५७ करोड ८ लाख ४५३ रुपैयाँ विगो जफत र विगोको शतप्रतिशत जरिवाना माग गरिएको छ ।

    राजस्व अनुसन्धान विभागले गत पुसमा ललितपुरको  इमाडोलस्थित शील्क ट्रान्सपोर्टको गोदामबाट भन्सारबाट जाँच पास नभएको ८६ हजार थान भेप बरामद गरेको थियो । 


    राजस्वले २० करोड १६ लाख बैंक ग्यारेन्टी लिएर भेपसँगै पक्राउ परेका गोदामका कर्मचारीलाई गत फागुनमा हिरासत मुक्त गरेको थियो । उक्त बैंक ग्यारेन्टीको व्यवस्थापन शील्कका कर्मचारी विजय शेर्पाले मिलाएको विभागको दावी छ ।

    शील्क ग्रुपका अध्यक्ष रमेश शेर्पा हुन् । शील्क कम्पनीले मुख्यतः चीनबाट व्यापारिक मालवस्तु पैठारी गर्ने ट्रान्सपोर्टको काम गर्दै आएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend