छपाई भन्दा विज्ञापन कर महंगो

छपाई भन्दा विज्ञापन कर महंगो

सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • images

    धनगढी । धनगढी उपमहानगरपालिकाले चालुआर्थिक वर्षमा विज्ञापन गर्ने ब्यानर छपाई शुल्क भन्दा बढि विज्ञापन कर लगाएको छ ।


    धनगढीको चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐनमा १० स्क्वायर फिटसम्मको व्यानरमार्फत विज्ञापन गर्दा आठ सय रुपैयाँ शुल्क तोकिएको छ । जबकी हाल चल्तीको बजार मूल्य अनुसार फ्ल्यास ब्यानर छपाई शुल्क प्रतिस्क्वायर फिट ६० रुपैयाँ छ । यो दर अनुसार फ्ल्यास ब्यानर छपाई शुल्क छ सय रुपैयाँ लाग्छ । फ्ल्यास व्यानरमार्फत् गरिने विज्ञापनमा छपाई भन्दा दुई रुपैयाँ बढी विज्ञापन कर लाग्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।


    आर्थिक ऐनको दफा ७ सँग सम्बन्धित अनुसूची ५ मा १० स्क्वायर फिट भन्दा माथि व्यानरमा एक हजार २५० रुपैयाँ तोकिएको छ । होर्डिङ बोर्ड १० स्क्वायरफिटको प्रति स्क्वायर फिट २५, २० स्क्वायर फिटसम्म प्रति स्क्वायरफिट ३५, ३० स्क्वायर फिटको प्रतिस्क्वायर फिट ४० र ३१ स्क्वायरफिटदेखि माथि प्रति स्क्वायर फिट ५० रुपैयाँ विज्ञापन कर तोकिएको छ ।


    धनगढीले भित्ते लेखनमा प्रतिस्क्वायर फिट २० रुपैयाँ, सडक वारपार लगाइएको व्यानरमा बढीमा ५ दिनका लागि प्रति स्क्वायर फिट ४० रुपैयाँ र बजारमा माईकिङ गरेको प्रतिघण्टा ५० रुपैयाँ विज्ञापन कर तोकेको छ । धनगढी उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले उपमहानगर क्षेत्रमा व्यापर व्यवसायको साइन बोर्ड लगाउँदा एक साइन बोर्डको कर नलाग्ने र एक भन्दा बढि बोर्ड लगाउँदा होर्डिङ बोर्ड सरह विज्ञापन कर लाग्ने बताए ।


    उपमहानगर क्षेत्रमा रहेका विद्युत पोलहरुमा विज्ञापन सामग्रीको पनि वार्षिक विज्ञापन कर तोकेको छ । पोलमा पोष्टर, साइनबोर्ड लगाएको प्रति विज्ञापन दुई हजारदेखि पाँच हजार पाँच सय रुपैयाँसम्म कर निर्धारण गरेको छ । यसैगरी, सार्वजनिक स्थल, बसपार्क, यात्रु प्रतिक्षालय लगायतका क्षेत्रमा विज्ञापन राखेको चार हजारदेखि १६ हजार रुपैयाँसम्म कर तोकेको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend