साउनमा विद्युतीय सवारीसाधन आयातबाट साढे ३० करोड राजस्व

साउनमा विद्युतीय सवारीसाधन आयातबाट साढे ३० करोड राजस्व

शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिना अर्थात साउनमा १९७ वटा विद्युतीय कार, जीप र माइक्रोबस आयात भएका छन् । 

    भन्सार विभागका अनुसार, साउनमा ५२ करोड ४० लाख ९६ हजार रुपैयाँका २०० किलोवाटसम्मका विद्युतीय कार, जीप, भ्यान र माइक्रोबस आयात भएका हुन् । 

    त्यस क्रममा १९७ विद्युतीय कार, भ्यान, जीप र माइक्रोबस आयातबाट ३० करोड ५५ लाख ४३ हजार राजस्व संकलन भएको विभागले जनाएको छ ।  

    ५० किलोवाटसम्मका २१ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । ५१ देखि १०० वाटसम्मका १०७ वटा विद्युतीय कार, जीप र भ्याल आयात भएका छन् । त्यसैगरी १०१ देखि २०० किलोवाटका ३१ वटा र ३८ वटा ११ देखि १४ सिटे माइक्रोबस आयात भएका छन् ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend