सीमा नाकामा हुने चोरी पैठारी रोक्न समन्वय आवश्यकः गृहमन्त्री लेखक

सीमा नाकामा हुने चोरी पैठारी रोक्न समन्वय आवश्यकः गृहमन्त्री लेखक

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • images

    वीरगन्ज । गृृहमन्त्री रमेश लेखकले सीमा नाकामा हुने चोरी पैठारी रोक्न समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । 

    आइतबार राजस्व चुहावट नियन्त्रण समन्वय समिति पर्साको बैठकमा भाग लिँदै गृहमन्त्री लेखकले अवैध चोरी पैठारी नियन्त्रणका लागि स्थानीय प्रशासन, भन्सार कार्यालय र तीवनवटै सुरक्षा निकायबीच अपसमा समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए । 

    ‘राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच आपसी समन्वय आवश्यक छ’ उनले भने, ‘एक निकायले अर्कोलाई दोषी देखाएर भन्दा पनि समन्वयमा सहकार्य गर्न जरुरी छ ।’ 

    बैठकमा पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले अवैध चोरी पैठारी नियन्त्रणमा सुरक्षा निकायले असहयोग गरेको भन्दै असन्तुष्टि जनाए । उनले बिलबिजक बिना तस्करीका मालवस्तु ओसारपसार गनेृ प्रवृत्तिलाई सुरक्षा निकायले निरुत्साहित गर्नुपर्नेमा जोड दिए । 

    ‘भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न फर्म दर्ता गरी तस्करी गर्ने प्रवृत्ति देखिएको छ’ उनले भने, ‘राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबीच समन्वय आवश्यक छ ।’ 

    नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख उमाप्रसाद चर्तुवेदीले भन्सार नाका वरपर गोदाम खोल्ने प्रवृत्तिलाई निरुत्साहित बनाउनुपर्नेमा जोड दिए । 

    वीरगन्ज नेपालकै ठूलो भन्सार नाका हो । यो नाकाबाट ठूलो परीणाम चोरी पैठारी हुने गरेको छ । 

    बैठकमा कानुन मन्त्री अजय चौरसीया र खानेपानी मन्त्री प्रदिप यादव पनि बैठकमा सहभागी भएका थिए । आफ्नो क्षेत्राधिकार नभए पनि वीरगन्जकै जनप्रतिनिधिको हैसियतमा दुवै मन्त्री बैठकमा सहभागी भएको बताइएको छ ।   

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend