काठमाडौं । इनर्जी ड्रिंक ब्रान्ड एक्स्ट्रिमले उपभोक्ताको बदलिँदो स्वाद र रुचिलाई लक्षित गर्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको छ। यससँगै एक्स्ट्रिमका पारखीले एउटै ब्रान्डमा पाँच थप स्वादको विकल्प पाउने भएका छन्।
कम्पनीले ग्रिन एप्पल, मस्कट अंगुर, ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रण र रास्पबेरीलगायत स्वादमा नयाँ उत्पादन सार्वजनिक गरेको हो।
नयाँ फ्लेभरमध्ये ग्रिन एप्पल स्वादमा ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरमा ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वादमा ‘ट्रपिकल पञ्च’ रहेका छन्।
त्यस्तै, रास्पबेरी स्वादमा ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
नयाँ स्वादसँगै आकर्षक नाम र फरक विकल्प प्रस्तुत गरेर उपभोक्तालाई आफ्नो रुचिअनुसार पेय पदार्थ छनोट गर्ने अवसर दिन खोजिएको कम्पनीको भनाइ छ।
युवापुस्तामाझ लोकप्रिय रहेको एक्स्ट्रिमले उत्पादनको दायरा विस्तार गर्दै उपभोक्ताको बदलिँदो माग सम्बोधन गर्ने रणनीतिअनुसार नयाँ फ्लेभर थपेको हो।



