कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने

सोमवार, मंसिर १ २०८३
सोमवार, मंसिर १ २०८३
  • images

    काठमाडाैं। कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रियाअन्तर्गत पहिलो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी १७ लाख कित्ता सेयर जारी गर्न लागेको हो।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १७ करोड रुपैयाँबराबरको १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यो कम्पनीको ८० करोड रुपैयाँ चुक्ता पुँजीको १७ प्रतिशत हो।

    कुल निष्कासनमध्ये ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। जारी पुँजीको १० प्रतिशतबराबरको उक्त सेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थायी बासिन्दाले आवेदन दिन पाउनेछन्।

    त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता सेयर छुट्याइएको छ। यसमा आवेदन दिन नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएको हुनुपर्नेछ।

    आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। स्थानीय बासिन्दाले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७ हजार कित्तासम्म माग गर्न सक्नेछन्।

    स्थानीय बासिन्दाका लागि सेयर आवेदनको समय दुई चरणमा निर्धारण गरिएको छ। उनीहरूले छिटोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा पुस १३ गतेसम्म म्याद थप हुनेछ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले भने मंसिर १५ गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिमा पर्याप्त आवेदन नपरेमा मंसिर २४ गतेसम्म निष्कासन अवधि लम्ब्याइने कम्पनीले जनाएको छ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

    स्थानीय बासिन्दाले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend